सोमबार, असार २३, २०८२

आङटावाविरुद्ध ५ जनाको जाहेरी

नेपालखोज २०८० जेठ ७ गते १९:२१

काठमाडौं । पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जना पीडितहरुले किटानी जाहेरी दिएका छन् । उनीहरु दोलखाका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने संघारमा शेर्पा माथि जाहेरी परेको हो ।

आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६/६ लाख लिएको पीडितहरुको दावी छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलाई पनि समावेश गरेको छ ।

आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफैं प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया