आइतबार, वैशाख १६, २०८१

मुम्बईको प्लेअफ सम्भावना कायमै 

नेपालखोज २०८० जेठ ७ गते १९:५७

काठमाडौं । मुम्बई इन्डियन्स सनराईजर्स हैदराबादलाई हराउदै १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्ष चारमा रहदै प्लेअफमा स्थान बनाउने सम्भावना कायमै रहेको छ ।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितसँगै राजस्थान रोयल्स भने प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईका लागि क्यामरन ग्रीनले ४७ बलमा ८ चौका र ८ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ्स खेले । पहिलो आइपीएल शतक ग्रीनले ४७ बलमा पूरा गरे ।

दोस्रो विकेटका लागि कप्तान रोहित शर्मासँग मिलेर ग्रीनले १ सय २८ रनको साझेदारी गरे । कप्तान शर्माले ३७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ्स खेले ।

ग्रीन र सुर्यकुमार यादवले तेस्रो विकेटका लागि अविजित रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । यादवले १६ बलमा ४ चौका सहयोगमा अविजित २५ रन बनाए ।

हैदराबादका लागि भुवनेश्वर कुमार र मंयक डगरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

हैदराबादका लागि भिभ्रन्त शर्मा र मंयक अग्रवालले अर्धशतकीय ईनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । युवा ओपनर शर्माले ४७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाए ।अर्का ओपनर अग्रवालले ४६ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ८३ रन बनाए ।

पहिलो विकेटका लागि शर्मा र अग्रवालले ८३ बलमा १ सय ४० रनको शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । हेनरिक केल्सनले १८ तथा कप्तान एडेन माक्ररमले ७ बलमा अविजित १३ रन बनाए । मुम्बईका लागि अकाश मधवालले ४ ओभरमा ३७ रन खर्चिदै ४ विकेट लिए । क्रिस जोर्डनले आफ्नो नाममा १ विकेट लिए ।

१४ खेलमा ८ जित र ६ हारका साथ मुम्बई चौथो स्थानमा उक्लिएको छ । आजकै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएमा मुम्बईको यात्रा यतीमा नै सिमित हुनेछ ।

प्रतिक्रिया