सोमबार, वैशाख १७, २०८१

आरसीबीको हारसँगै मुम्बई इन्डियन्सले पायो प्लेअफको टिकट

नेपालखोज २०८० जेठ ८ गते ४:५८

काठमाडाैं । आईपीएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्ससँग आरसीबीको पराजयपछि अब प्लेअफका लागि चार टिमको टुंगो लागेको छ । मुम्बई इन्डियन्सले अब गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स तथा लखनऊ सुपर जायन्ट्ससँगै प्लेअफ प्रवेश पाएको छ । हिजो राति अबेर सम्पन्न खेलमा हार्दिक पाण्ड्याले टस जितेर रोयल च्यालेन्जर्स बेंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।

विराट कोहलीको शतकका कारण रोयल च्यालेन्जर्स बेंगलोरले २० ओभरमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउँदै मैदानमा पुगेका गुजरात टाइटन्सका ओपनर शुभमन गिलले पनि यो प्रतियोगितामा आफ्नो दोस्रो शतक प्रहार गरे र अन्तिमसम्म आउट नभई टिमलाई जित दिलाए । शुभमन गिलले मात्र ५० बलमा शतक पूरा गरे । यसअघि, प्लेअफका लागि आफ्नो सबैभन्दा महत्त्वपूर्ण र अन्तिम लिग खेलमा विराट कोहलीको शतकको मद्दतले रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्सलाई जितका १९८ रनको लक्ष्य दिएको थियो ।

अघिल्लो खेलमा पनि शतक प्रहार गरेका विराट कोहलीले यो खेलमा मात्र ६० बलमा शतक पूरा गरे । कोहली ६१ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाउँदै अविजित रहे । बेंगलोरमा भएको वर्षाका कारण चेन्नास्वामी स्टेडियममा खेल करिब एक घण्टा ढिलो सुरु भएको थियो । विराट कोहलीको शतकका कारण रोयल च्यालेन्जर्स बैंग्लोरले २० ओभरमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । गिल र शंकरले तोडे आरसीबीको सपना १९८ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सको सुरुवात खासै भएन ।

ऋद्धिमान साहा १२ रन बनाएर आउट भए । त्यसपछि विजय शंकर (३५ बलमा ५३ रन) र शुभमन गिल (५२ बलमा नटआउट १०४ रन)ले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गर्दै खेल आरसीबीको पकडबाट आफुले खोसे । अन्त्यसम्म एक छेउमा उभिएका शुभमनले १९.१ ओभरमै आफ्नो टिमलाई ६ विकेटको शानदार जित दिलाए ।

प्रतिक्रिया