नीति तथा कार्यक्रममाथि छलफल गर्न संसद्का दुवै सदनको बैठक बस्दै

नेपालखोज २०८० जेठ ८ गते ६:५३

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

प्रतिनिधिसभाकाे आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । 

राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
 

प्रतिक्रिया