मंगलबार, असोज १, २०८१

‘बखमुतको विनाश सन् १९४५ को हिरोसिमाको जस्तै’

नेपालखोज २०८० जेठ ८ गते ७:५६

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बखमुत सहरको ‘विनाश’ लाई सन् १९४५ मा अमेरिकी आणविक बमले आक्रमण गरेपछि हिरोसिमामा भएको विनाशसँग तुलना गरेका छन् ।

युद्ध पूर्व ७० हजार जनसङ्ख्या भएको बखमुत रुसको आक्रमणको सबैभन्दा लामो र रक्तपातपूर्ण युद्धको दृश्य बनेको छ । महिनौँसम्म चलेको भीषण लडाइँको समयमा बखमुतबाट यदाकदा देखाइएका दृश्यहरूमा उक्त स्थानलाई भग्नावशेषको सहर देखाइएको छ ।

जेलेन्स्कीले भने, ‘हिरोसिमाको फोटोले मलाई बखमुतको सम्झना गराउँछ । त्यहाँ केही पनि जीवित छैन । उनले भने, सबै भवनहरू ध्वस्त भएका छन् । पूर्ण रूपमा विनाश भएका छन् । त्यहाँ मानिसहरू छैनन् अर्थात् केही पनि छैन ।’

जेलेन्स्कीले जापानले हिरोसिमामा गरेको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी सहर र सहरहरूको पुनर्निर्माण गर्न प्रेरित गरेको बताए ।

‘अहिले, हिरोसिमाको पुनर्निर्माण भएको छ । सहर राम्रो उदाहरण बनेको छ, उनले भने ।, हामी हाम्रा सबै सहरहरू पुनर्निर्माण गर्ने सपना देख्छौँ जुन अहिले भग्नावशेषमा छन् । रुसी आक्रमणपछि धेरै गाउँमा एउटा पनि घर बाँकी छैन ।’

रुसले बखमुतलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको एक दिनपछि जेलेन्स्कीले यस्तो बताए । उनले स्पष्ट जवाफ नदिई कन रुसी सेना बखमुतमा रहेको तर त्यसलाई कब्जामा नलिएको बताए ।

प्रतिक्रिया