शनिबार, असोज ५, २०८१

पति भेट्न हिरासत पुगिन् मञ्जु

नेपालखोज २०८० जेठ ८ गते १२:०८

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि प्रहरी हिरासतमा रहेका पूर्व मन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

आज बिहान टेकुस्थित परिसरमा उनले श्रीमान् बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु यसअघि गएकी थिइनन् ।

काँग्रेस सांसदसमेत रहेकी मञ्जुमाथि पनि नक्कली शरणार्थी प्रकरणमा करोडौँ पैसा खाएको आरोप छ । उनलाई घरमै लगेर ६ करोड बुझाएको गिरोहका सदस्यहरूको टेलिफोन संवाद सार्वजनिक भएपछि सम्पर्कविहीन भएकी मञ्जु आज पहिलो पटक श्रीमान् भेट्न प्रहरीमा पुगेकी हुन् ।

प्रतिक्रिया