‘मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?’
नेपालखोज
२०८० जेठ ८ गते १३:१५
काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले ‘मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने’ भनेर प्रश्न गरेका छन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार पौडेलले संसदलाई प्रश्न गरेका हुन् ।
नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि सांसद पौडेलले भट्टराईलाई जवाफ फर्काएका छन् ।
एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया