आइतबार, भदौ ३०, २०८१

नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबारबाट

नेपालखोज २०८० जेठ ८ गते १५:४७

काठमाडौं । आईसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ । 

विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ । विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् । 

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् । 

टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा।

प्रतिक्रिया