शुक्रबार, असोज ४, २०८१

संसदमा कम सांसद उपस्थित भएपछि रास्वपाले माग्यो माफी

नेपालखोज २०८० जेठ ८ गते २१:२३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले माफी मागेको छ ।

पटक–पटक संसद्मा सांसदहरूको कम उपस्थिति हुने कुरालाई उठाउँदै आएको रास्वपाले सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नै पार्टीका सांसदसमेत अनुपस्थित भएपछि माफी मागेको हो ।

संसद् सचिवालयका अनुसार सोमबार २२६ जना सांसदको हाजिर रहेको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सोमबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म बैठक चलेको थियो । बिहान राम्रै उपस्थिति भएको प्रतिनिधिसभा बैठकको अन्त्यसम्ममा जम्मा ३२ जना सांसदमात्र रहेका थिए ।

त्यसमध्ये रास्वपाका ६, कांग्रेसका ९, एमालेका ७, एकीकृत समाजवादीका १ सांसद रहेको रास्वपाले जनाएको छ । त्यस्तै अन्य सांसद २ जना र २ जना मन्त्री प्रतिनिधिसभाको बैठकको अन्त्यसम्म बसेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया