मंगलबार, वैशाख ११, २०८१

गृह मन्त्रालयका ट्राफिक नियम बुझाउँदै ट्राफिक प्रहरी

नेपालखोज २०७६ कार्तिक ८ गते १५:३६

८ कार्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले महाशाखाको नेतृत्व समाल्ने वित्तिकै ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए ।

ढकालले सार्वजनिक गरेका प्राथमिकताहरु मध्ये पहिलो प्राथमिकता ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो ।
सोही अनुरूप गृह मन्त्रालयमा कार्यरत ३५ जना सवारी चालक तथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिएको छ ।

मन्त्रालय कै सभाहलमा चालकहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको थियो ।
ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने कुरा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल बताए ।

गृह मन्त्रालयका सवारी चलाउने चालकहरु जिम्मेवारी पूर्ण रुपमा सवारी नचलाउने, नियम पालन गर्ने काममा वेवास्ता गर्ने गरेको गुनासो आईरहेकाले सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि ढकालले आग्रह गरे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गृह मन्त्रालय पछि सचेतना कक्षा अन्य मन्त्रालयका सवारी चालकहरूलाई दिइने छ ।

प्रतिक्रिया