आइतबार, भदौ ३०, २०८१

रुसको दाबी अस्वीकार

नेपालखोज २०८० जेठ ८ गते २२:३२

कीभ । मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

‘युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताए ।

युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो। रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई “निश्तेज” पार्ने प्रयास गरिरहेको बताएको थियो।

यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी ‘गुरिल्ला समूहहरू’ जिम्मेवार हुन सक्ने बताए ।

प्रतिक्रिया