नेपालखोज दिनभर : खबर सारांश
प्रहरीले अनुसन्धान गरेको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो ।
जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन ।
पाँच सयले चढे सगरमाथा, ११ जना आरोहीको मृत्यु ।
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण ।
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री थपिए, आजै सपथ गरे ।
संसदमा कम सांसद उपस्थित भएपछि रास्वपाले माग्यो माफी ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी, प्रतिनिधिसभा बैठकमा डिजिटल हाजिरी ।
कृत्रिम अभाव सिर्जना गरेर बढी मूल्य लिने रामेछापको लक्ष्मी आयल स्टोर्सलाई दुई लाख जरिवाना ।
पर्सामा मिटरब्याजी पीडितको ९८४ उजुरी दर्ता ।
नेप्से ८ अंकले बढ्दा एक अर्ब २७ करोडको किनबेच ।
ए डिभिजन लिगमा चर्च ब्वाइज र हिमालयन शेर्पा १ १ गोलको बराबरी, फ्रेन्ड्स क्लब माथि आर्मीको सहज जित ।
किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात ।
प्रतिक्रिया