मंगलबार, जेठ १, २०८१

आइपिएल फाइनलका लागि चेन्नई र गुजरातबिच भिड्न्त

नेपालखोज २०८० जेठ ९ गते १०:४३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) – २०२३ को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदानमा सुरु हुनेछ ।

यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । चेन्नई महेन्द्रसिंह धोनी र गुजरात हार्दिक पान्ड्याको कप्तानीमा छन ।

चेन्नई र गुजरातबीच तीन खेल भएका छन् जसमा चेन्नई तीन वटै खेलमा पराजित भएको छ । यो सिजनको पहिलो खेलमा चेन्नई गुजरातसँग पाँच विकेटले पराजित भएको थियो ।

यस खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता प्रतिस्पर्धामा रहनेछ । भोलि बुधबार हुने उक्त एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउन शुक्रबार पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्नेछ । आइपिएलको यो सोह्रौं संस्करणको फाइनल जेठ १४ गते आइतबार हुने कार्यक्रम छ ।

एजेन्सी

प्रतिक्रिया