बिहीबार, वैशाख १३, २०८१

अब रोयल इन्फिल्ड पनि इलेक्ट्रिक भर्सनमा

नेपालखोज २०८० जेठ ९ गते १०:४८

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकल बजारमा परफर्मेन्स बाइक निर्माणका लागि प्रसिद्ध छ ।

अटोमोटिभ बजारको प्रमुख खेलाडी भएकाले यो कम्पनीले विद्युतीय मोटरसाइकल खण्डको महत्वपूर्ण हिस्सा कब्जा गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो विद्युतीय मोटरसाइकल रोल आउट गर्न टप गियरमा काम गरिरहेको दाबी गरेको छ ।

रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले भनेका छन् – कम्पनीले धेरै इलेक्ट्रिक मोटरसाइकलहरूमा काम गरिरहेको छ जुन स्पष्ट रूपमा फरक हुनेछ। मिडिया रिपोर्टहरु अनुसार रोयल इन्फिल्डले विद्युतीय मोटरसाइकलको विकासमा काम सुरु गरिसकेको छ। कम्पनीले आफ्नो चेन्नई प्लान्टमा यी इलेक्ट्रिक मोटरसाइकलहरू निर्माण गरिरहेको दाबी गरिएको छ।

चाखलाग्दो कुरा के छ भने रोयल एनफिल्डको मूल कम्पनी आइशर मोटर्सले ईभी ( EV ) निर्माण र उत्पादन विकासका लागि पहिले नै १,६०० करोड रुपैयाँ छुट्याइ सकेको छ ।

रोयल इन्फिल्डका सीईओका अनुसार कम्पनीले आफ्नो इलेक्ट्रिक मोटरसाइकल परियोजनामा ​​निरन्तर प्रगति गरिरहेको छ। उनले कम्पनीका विद्युतीय मोटरसाइकलमा पनि रोयल इन्फिल्डका उत्पादनमा पाइने विशेषताहरु रहने जानकारि दिएका छन् ।

उनले भनेका छन् ‘इभीको यात्रामा हामी निरन्तर प्रगति गरिरहेका छौं । म भन्न सक्छु कि रोयल एनफिल्डको ईभी यात्रा अहिले टप गियरमा छ । हामी बलियो रोयल एनफिल्डका साथमा एक विशिष्ट र फरक इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न चाहन्छौं ।’ कम्पनीका शीर्ष कार्यकारी अधिकृतले यो विद्युतीय मोटरसाइकलको विकास र उत्पादनका लागि निकै सक्षम टिम खटाइएको उनले बताएका छन् ।

गोविन्दराजनका अनुसार EV मा बलियो र दीर्घकालीन उत्पादन अनि टेक्नोलोजीलाइ प्राथमिकतामा राखिएको छ । कम्पनीले आफ्नो आगामी इलेक्ट्रिक मोटरसाइकलका धेरै प्रोटोटाइप परीक्षण गरिरहेको उनले बताए ।

रोयल इन्फिल्ड को विद्युतीय मोटरसाइकल कहिले लन्च हुनेछ भन्ने कुरा भने बताइएको छैन।

प्रतिक्रिया