पाठ्यक्रमबाट डा. रुईतको जीवनी हटाउनु निन्दनिय : रघुजी पन्त
नेपालखोज
२०८० जेठ ९ गते ११:५६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद रघुजी पन्तले पाठ्यक्रमबाट डा. सन्दुक रुईतको जीवनी हटाउनु निन्दनीय भएको बताएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा. रुईतको जीवनी हटाउनुको कारण माग गरेका हुन् ।
उनले भने,’ कक्षा १० को ८ पृष्ठको जीवनीलाई भाँचेर ५/६ कक्षातिर राखिएको छ । डा. सन्दुक रुईतको जीवनी पढाउन आवश्यक छ । उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । किन उहाँको जीवनी हटाइयो ? म शिक्षा मन्त्री ज्यू बाट यसको जवाफ चाहन्छु । ‘
सांसद पन्तले साना कक्षाका बालबालिकालाई सशस्त्र द्वन्द्वको कुरा पाठ्यक्रममा राखेर पढाउनु ठिक नभएको समेत बताए ।
सम्बन्धित
प्रतिक्रिया