शनिबार, वैशाख १५, २०८१

सात वटा कम्पनीहरूलाई ब्रोकर लाइसेन्स

नेपालखोज २०८० जेठ ९ गते १२:५०

काठमाडौं । नेपाल धितो पत्र बोर्डले सात वटा कम्पनीहरूलाई धितो पत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) को लाइसेन्स दिएको छ ।

बोर्डको पछिल्लो पटक यही सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रक्रिया पुरा गरेका सात वटा कम्पनीहरूलाई ब्रोकरको लाइसेन्स दिएको हो ।

बोर्डका अनुसार ब्रोकरको लागि अनुमति माग गर्दै ४५ वटा कम्पनीहरूले आवेदन दिएका थिए । ती मध्ये प्रक्रिया पुरा गरेका ४३ वटा कम्पनीहरूलाई बोर्डले कारोबार सञ्चालनको लागि आसय पत्र प्रदान गरेको थियो ।

यसरी आसयपत्र पाएका मध्ये पहिलो चरणमा श्री भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, श्री क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रा.लि नक्साल, मियो सेक्युरिटिज प्रा.लि हात्तिसार, श्री शेयरप्रो सेक्युरिटिज प्रालि ढल्कु र श्री प्रोर्पर्टी विर्जाड लिमिटेड नाग पोखरी सहितका सात वटा कम्पनीहरूलाई लाइसेन्स दिएको बोर्डको भनाई छ ।

यसअघि बोर्डले २०७९ असोज दुई गते ३० दिनको अवधि तोकेर धितो पत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

प्रतिक्रिया