शनिबार, जेठ ४, २०८२

सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

नेपालखोज २०८० जेठ ९ गते १४:१६

संयुक्त राष्ट्रसङ्घ । संअफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायः भएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको पूर्वी र दक्षिण अफ्रिकाका लागि कोषका क्षेत्रीय निर्देशक मोहम्मख फलले बताएका छन् ।

प्रतिक्रिया