शनिबार, जेठ ४, २०८२

बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष ‘थो राम पा’ उपाधि

नेपालखोज २०८० जेठ ९ गते १८:२५

बेइजिङ । बैसठ्ठी जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि ‘थो राम पा’ प्राप्त गरेका छन् ।

ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा आबद्ध छन् । ती सम्प्रदायमा गेलुग, निंग्मा र शाक्य प्रमुख छन् । तीन वर्षको अध्ययन- अनुसन्धान पश्चात विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।

हालसम्म जम्मा ३ सय ३५ भिक्षुहरूले ‘थो राम पा’ उपाधि प्राप्त गरेका छन् ।

प्रतिक्रिया