मंगलबार, जेठ १, २०८१

ए डिभिजन लिगमा पुलिस र खुमलटारको जित

नेपालखोज २०८० जेठ ९ गते २०:२७

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिस विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितपछि पुलिस २० खेलबाट २५ अंक जोडेर तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

पराजित भएको थ्रीस्टार २६ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

त्यस्तै, लिग अन्तरगतको अर्को खेलमा चौथो स्थानमा रहेको सातदोबाटो युथ क्लव पराजित भएको छ । सातदोबाटो लिग तालिकाको पुछारमा रहेको खुमलटार एफसीसँग १–० गोलले पराजित गरेको हो ।

जितसँगै खुमलटारको २० खेलबाट २१ अंकसहित तालिकाको पुछारमा रहेको छ । त्यस्तै सातदोबाटो २० खेलबाट २९ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया