प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बस्दै
नेपालखोज
२०८० जेठ १० गते ५:४०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय जनाएकाे छ ।
आजकाे बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया