मंगलबार, जेठ १, २०८१

काभा महिला भलिबल : नेपाल र भारत भिड्दै

नेपालखोज २०८० जेठ १० गते ७:२३

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे सुरु हुने यी दुई टोलीबीचको खेल हुने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो भने भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको हो । नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । दुई खेल जितिसकेको नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुगिसकेको छ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया