‘ए’ डिभिजन लिग : आज तीन खेल
नेपालखोज
२०८० जेठ १० गते ८:१८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै छन् । लिगको दोस्रो लेगको आठौं चरण अन्तर्गत आज तीन खेल हुने छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।एपीएफ सातौं जितको योजनामा छ ।
सम्बन्धित

प्रतिक्रिया