आइतबार, असार १, २०८२

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

नेपालखोज २०८० जेठ १० गते ११:०५

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

महतो र कुमारी जसपाबाट मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

प्रतिक्रिया