आइतबार, असार १, २०८२

प्रधानमन्त्री कहाँ हस्तक्षेप गर्ने प्रष्ट हुनुपर्छ : गगन थापा

नेपालखोज २०८० जेठ १० गते १२:४८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री राज्यको कुन निकायमा हस्तक्षेप गर्ने प्रष्ट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल गर्दै उनले प्रधानमन्त्री सरकारको क्याप्टेन भएकाले सुधारका लागि हस्तक्षेप गर्न सक्नुपर्ने बताएका हुन् ।

उनले समस्या पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउन जोड गर्नुपर्ने बताए।

उनले भने, ‘क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ। आवश्यकता र आकांक्षा ठुलो हुन्छ। यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ। यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ। कहाँ हस्तक्षेप गर्ने ?’

प्रतिक्रिया