मंगलबार, जेठ १, २०८१

आर्मीलाई १–० गोलले पराजित गर्दै एनआरटी आठौं स्थानमा उक्लियो

नेपालखोज २०८० जेठ १० गते १६:५३

काठमाडाैं । न्युरोड टिम एनआरटी काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठौं स्थानमा उक्लेको छ । बुधबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० गोलले पराजित गर्दै एनआरटी आठौं स्थानमा उक्लेको हो ।

खेलमा एनआरटीका क्रितिशरत्न छुन्जुको गोल निर्णायक रह्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ७९औं मिनेटमा क्रितिशले गोल गरेका हुन् । 

खेलको ४८ औं मिनेटमा एनआरटीका खेलाडी निकोलास संगको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । आर्मी लिगमा २१ खेलमा २९ सहित पाँचौं स्थानमा यथावत रहँदा एनआरटी समान खेलबाट  खेलमा २६ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।  

प्रतिक्रिया