काभा महिला भलिबल : भारतसँग नेपाल पराजित

नेपालखोज २०८० जेठ १० गते १७:३६

काठमाडाैं । समूह ‘ए’ को उपविजेता बन्दै घरेलु टोली नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हाे ।

रेलु समर्थकको साथ पाएको नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो । पहिलो सेट १२-२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेर नेपाल खेलमा फर्किएको थियो ।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । 

प्रतिक्रिया