नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १० गते २२:५९

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर ।

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नभएको नेपाल प्रहरीको भनाइ ।

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति ।

१६ अंकले बढ्दा एक अर्ब ८७ करोड रुपैयाँको सेयर किनबेच ।

रातो मच्छेन्द्रनाथको भोटो जात्राको दिन भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा ।

असारको पहिलो सातादेखि सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी ।

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान ।

बागमती प्रदेशमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र सहभागी हुने ।

काभा भलिबलमा कीर्गिस्तानसँग बङ्गलादेश पराजित, काजकिस्तानले उज्वेकिस्तानलाई हरायो, भारतसँग नेपाल पराजित ।

ए डिभिजन लिगमा एपीएफले संकटालाई हरायो, जावलाखेल र मछिन्द्रले अंक बाँडे ।

बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगितामा २१ स्वर्ण पदकसहित चितवन शीर्ष स्थानमा ।

प्रतिक्रिया