बिहीबार, वैशाख १३, २०८१

सबैभन्दा हृदयहीन शत्रु हाम्रै विगत हो- म्याक्सिम गोर्की

नेपालखोज २०८० जेठ ११ गते ५:४२

म्याक्सिम गोर्की रूसी लेखक र राजनीतिक कार्यकर्ता थिए । उनी साहित्यमा नोबेल पुरस्कारका लागि पाँच पटक मनोनयन भएका थिए।

१. वरपरका सबैलाई माया गर्नुहोस् अनि दयालु हुनुहोस् । गल्ती गर्नेहरूलाई माफि दिनुहोस् ।

२. जब काममा आनन्द हुन्छ तब जीवन सुन्दर बन्छ। यदि काम रोजाइको छैन भने जीवन दासतामा फसे जस्तो हुन्छ ।

३. सबैभन्दा निर्दयी शत्रु हाम्रो विगत नै हो।

४. आफू सँग भएसम्म कुनै पनि खुशी सानो लाग्छ तर जब त्यो खुसि खोसिन्छ तब बुझिन्छ कि त्यो कति ठूलो र मूल्यवान थियो रु

५. किताबहरू पढनुहोस् तर याद गर्नुहोस् किताब किताब नै हो । बिचार गर्ने ( निर्णय लिने काम त आफैले सोचेर बिचार गरेर लिनुपर्छ ।

६. जब जीवन नीरस बन्छ तब दुःखको पनि स्वागत गरिन्छ ।

७. बालबालिकाहरुका लागि पनि त्यसरी नै लेख्नुपर्छ जसरी वयस्कहरूका लागि लेखिन्छ बरु त्यो भन्दा राम्रो ।

प्रतिक्रिया