बुधबार, जेठ २, २०८१

‘ए’ डिभिजन लिग : आज दुई खेल

नेपालखोज २०८० जेठ ११ गते ६:४५

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदै छन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु  हुनेछ ।

प्रतिक्रिया