बुधबार, जेठ २, २०८१

चर्च ब्वाइज र मनाङले अंक बाँडे

नेपालखोज २०८० जेठ ११ गते १७:२१

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ । मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया