शनिबार, वैशाख १५, २०८१

ग्लोबल भिलेज २०२३ एक्स्पो आयोजना हुँदै

नेपालखोज २०८० जेठ ११ गते १७:४७

काठमाडौं । युवाहरुलाई अन्वेषण र नेतृत्व क्षमता विकास गर्नको लागि विश्वव्यापी प्लेटफर्मको रुपमा काम गर्दै आएको आइसेक नेपाल ले ग्लोबल भिलेज २०२३ एक्स्पोको आयोजना गर्ने भएको छ । भोलि शुक्रबार दिउँसो १ बजेबाट ललितपुर, पुल्चोकको लबिम मलमा सो एक्स्पोको समुद्घाटन हुने आयोजकले बताएको छ ।

एक्सपोमा २७ भन्दा बढी स्थानीय उद्यमी तथा व्यवसायीहरुको स्टल रहने जनाइएको छ । जसमा किचन रेसिपी बाई हजुरी विष्ट, खद्दर नेपाल, चाईचाई कन्फेक्सनरी, स्क्रबस् नेपाल फ्ललेस, रि. कृति, न्यानो माया, काभ्या क्रिएसन्स, अल्छीको पसल, माया न्यूज, कटन मिल नेपाल, हेम्पको, दिगो नेपाल, लाभन्या, जमर्को नेपाल, लुहा स्टुडियो, बाला स्टुडियो, असली हिमाली, हिमालयन हनि, हिमालयन बज्, इको साथी, बोधिसत्व, कोशिश इन्टरप्राइजेज, गोर्खे लेजेन्डरी, भित्री इनर वेयर, ब्लिस बल्स, ट्वाक्क चिल्लीज र मेराकी नेपाल जस्ता संस्था रहेका छन् । यसैगरी ५ भन्दा बढी मनोरञ्जनात्मक प्रस्तुती रहने छन् ।

जसमा प्लास मोब, एकल गायन, ब्याण्ड पर्फमेन्स र कथावाचन रहने छन् । कार्यक्रमको भेन्यु पार्टनरको रुपमा लबिम मल, गिफ्ट पार्टनरको रुपमा चाईचाई कन्फेक्सनरी र मिडिया पाटर्टनरको रुपमा आजको खबर रहेका छन् । कार्यक्रम दिउँसो एक बजेदेखि सात बजेसम्म सञ्चालन हुने पार्टनरशीप अफिसर रोशिका डाँगीले जानकारी दिइन् । निशुल्क रुपमा प्रवेश पाउने कार्यक्रममा छ हजार भन्दा बढी प्रदर्शनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ । यो एक्स्पोबाट नेपाली कला र संस्कृतिको विविधता र समृद्धि झल्किने बताइएको छ ।

एक्स्पोमा खाना, पहिरन, कला र संगीतको माध्यमबाट एकता र नेपाली जीवन शैलीको अनुभव गर्न पाइने छ । एक्स्पोको माध्यमबाट नेपाली कला, संस्कृति प्रवद्र्धन हुने र नेपाली कला, संस्कृति जोगाउन र बलियो बनाउन योगदान गर्ने तथा स्टार्टअप र कम्पनीहरुलाई आफ्नो उत्पादन र सेवाहरु प्रदर्शन गर्ने थलोको रुपमा रहने आइसेक नेपालका प्रमुख सत्कार राज श्रेष्ठले बताए ।

प्रतिक्रिया