शुक्रबार, वैशाख ७, २०८१

सातदोबाटोमाथि फ्रेन्ड्सकाे सानदार जित

नेपालखोज २०८० जेठ ११ गते १७:५७

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग सातदोबाटो युथ क्लबले लज्जास्पद हार ब्यहोरेको छ । 

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबमाथि ४-० गोलअन्तर सानदार जित निकालेको हो । 

सातदोबाटोमाथि जित निकालेको फ्रेन्ड्स क्लब २१ खेलबाट २४ अंक जोडेर रेलिगेसन क्षेत्रबाट माथि लिगको १२औँ स्थानमा उक्लिएको छ । हारसँगै सातदोबाटोलाई भने उपाधि होडमा धक्का लागेको छ । सातदोबाटो युथ क्लब २१ खेलबाट २९ अंक जोडेको लिगको पाँचौँ स्थानमा झरेको छ । 

प्रतिक्रिया