नेपालखोज दिनभर : खबर सारांश
रुकुम पश्चिम जिप दुर्घटनामा ५ जनाको मृत्यु ।
मधेश सरकारमा लोसपा पनि सहभागी ।
जेल जीवन विताइरहेका रेशम चौधरीकाे सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा ।
विराटनगरबाट ६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा प्रस्तुत गर्ने ।
काठमाडौं उपत्यकामा घट्यो सार्वजनिक यातायातको भाडा, भोलिबाट लागू ।
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम ।
हिमाल सफाईबाट ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन ।
अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार तोकियो ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा ६९५ सिर्जना समावेश हुने ।
कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय ।
काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित ।
ए डिभिजन लिगमा चर्च ब्वाइज र मनाङले अंक बाँडे, सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित ।

प्रतिक्रिया