बुधबार, जेठ २४, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आजदेखि प्रतिवादीहरूको बयान

नेपालखोज २०८० जेठ १२ गते ६:५८

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदै छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।

गत सोमबार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोडभन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

प्रतिक्रिया