आइतबार, असार १, २०८२

ढाकाकुमारले भने, ‘रास्वपालाई पैसा दिएकाे छैन, आधारहीन समाचार आए कानूनी प्रक्रियामा जान्छु’

नेपालखोज २०८० जेठ १२ गते ९:११

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै ढाकाकुमारले तीन करोड बुझाएको भनेर आएका समाचार आधारहिन भएको र आफूले पैसा नदिएकाे प्रष्ट पारेका हुन्

श्रेष्ठले लेखेका छन्, ‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’

उनले आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया