‘रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोकियोस्’
नेपालखोज
२०८० जेठ १२ गते १०:३८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ ।
टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन आममाफी दिने प्रक्रिया अघि बढाएको छ । त्यो प्रक्रियालाई रोक्न जनमोर्चाले माग गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया