लुम्बिनी र गण्डकीको बजेट अधिवेशन आजदेखि
नेपालखोज
२०८० जेठ १२ गते १०:४४

काठमाडौं। लुम्बिनी र गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरू हुँदैछ ।
लुम्बिनी प्रदेशको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट ‘मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन’ सम्बन्धी प्राप्त पत्र सभामुखले सुनाउने रहेको छ ।
यता, गण्डकी प्रदेशमा दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ ।
आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने बैठकको कार्यसूची छ ।
सम्बन्धित
प्रतिक्रिया