शुक्रबार, चैत १६, २०८०

माओवादी नेता सापकोटा र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

नेपालखोज २०८० जेठ १२ गते १०:५७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । दुईपक्षीय छलफल दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा केन्द्रित भएको बताइएको छ ।

यही जेठ ५ गते सापकोटाको नेतृत्वमा २० सदस्यीय माओवादी टोली चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमण टोलीमा पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्यसहित प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि सहभागी छन् ।

प्रतिक्रिया