बुधबार, वैशाख १२, २०८१

आज पनि घट्यो सुनको मूल्य

नेपालखोज २०८० जेठ १२ गते ११:२५

काठमाडौं । सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेर एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुनको मूल्य आज भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया