मंगलबार, वैशाख ११, २०८१

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

नेपालखोज २०८० जेठ १२ गते ११:४०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,’ आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

प्रतिक्रिया