२ दिनमा ६ स्टारको मृत्यु
नेपालखोज
२०८० जेठ १२ गते १२:२८

भारत । भारतमा यो साता दुई दिन भित्र ६ जना कलाकारको मृत्यु भयो । यसरी मृत्यु हुनेहरूमा साराभाई भर्सेस साराभाईमा देखिएकी अभिनेत्री वैभवी उपाध्याय पनि छिन् । उनको मृत्यु सडक दुर्घटनाका कारण भएको हो ।
अनुपमा फेम नितेश पाण्डेको गत २३ मेको राति निधन भएको थियो । नितेशले सलमान, शाहरुखजस्ता कलाकारहरुसँग थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
अभिनेता सरथ बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समय देखि बिमारि थिए । यसै गरी आरआरआरका अभिनेता रे स्टीभेन्सनको ५८ वर्षको उमेरमा निधन भयो । रे स्टीभेन्सन मार्वल चलचित्रको एक हिस्सा थिए।
बङ्गाली अभिनेत्री सुचन्द्रा दास गुप्ताले २९ वर्षको उमेरमा यो संसारबाट बिदा भइन् । उनको मृत्यु सडक दुर्घटनामा भएको हो । यसै गरी आदित्य सिंह राजपूतको शव बाथरुममा फेला पर्यो । आदित्यले वेब सिरिज गन्दिबातबाट चर्चामा आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया