बिहीबार, वैशाख १३, २०८१

स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

नेपालखोज २०८० जेठ १२ गते १३:०७

ताप्लेजुङ । स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नंको स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो ।

गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया