नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आरोपीको बयान सुरु
नेपालखोज
२०८० जेठ १२ गते १३:२१

काठमाडौं । नक्कली भुटानी सरणार्थी प्रकरणको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।
यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।
१४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया