रेशम चौधरीलाई माफी नदिन माग गर्दै पीडितले दिए निवेदन
नेपालखोज
२०८० जेठ १२ गते १३:५३

काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन भन्दै टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्न लागेको भन्दै पीडित शारदा कडायत बोहराले निवेदन दिएकी हुन्।
निवेदक कडायत टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्। तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिएर पीडितलाई थप चोट नदिन भन्दै निवेदन दिएको शारदाले बताएकी छिन्।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।
सोही घटनाको मुद्धामा रेशमलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएको छ।
सम्बन्धित

प्रतिक्रिया