बुधबार, जेठ २, २०८१

भारत काभा महिला भलिबलको फाइनलमा

नेपालखोज २०८० जेठ १२ गते १५:५८

काठमाडौं । उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई हराएको भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेता टिमसँग खेल्नेछ ।

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको भारतले परतिस्पर्धात्मक दोस्रो सेटमा २५-२० ले उज्बेकिस्तानलाई पछि पार्यो । र, तेस्रो सेटमा २५-१५ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

प्रतिक्रिया