आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठायो
नेपालखोज
२०८० जेठ १२ गते १७:४२

काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।
सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।
तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो । कार्यालयले सर्वोच्च अदालतको सिद्धान्त विपरीत नहुने गरी पठाउन आग्रह गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया