बीबीसी हिन्दी लेख्छ, ‘नेपालमा ब्राह्मणवाद हाबी छ’

काठमाडौं । बीबीसीको हिन्दी संस्करणले नेपाली राजनीतिमा ब्राह्मणवाद हाबी रहेको टिप्पणी गरेको छ ।
‘नेपालमा कम्युनिस्ट शासन कि ब्राह्मण शासन ?’शिर्षकमा लेखिएको विश्लेषणात्मक समाचारमा कुल जनसंख्या २९ प्रतिशत रहेको खस आर्य (ब्राह्मण र क्षेत्री) समुदायका व्यक्ति नेपालमा उच्च पदमा रहेको टिप्पणी गरेको छ ।
उसले लेखेको छ, ‘नेपालको वर्तमान लोकतन्त्रलाई हेर्दा सबै उच्च पदमा ब्राह्मण छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्राह्मण, राष्ट्रपति रामचन्द्र पौडेल ब्राह्मण, नेपाली सेना प्रमुख प्रभुराम शर्मा ब्राह्मण र नेपाली संसदका सभामुख देवराज घिमिरे पनि ब्राह्मण हुन् ।’
नेपालको सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ, हिन्दी संस्करणले लेखेको छ । कार्की क्षेत्री अर्थात् क्षत्रिय हुन् । नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर क्षेत्री छन् ।
प्रतिक्रिया