बुधबार, जेठ २, २०८१

थ्रिस्टारमाथि शेर्पाको जित, खुमलटारलाई पराजित गर्दै पुलिस छैटौं स्थानमा

नेपालखोज २०८० जेठ १२ गते २१:४२

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगमा तीन पटकको उपाधि विजेता थ्रिस्टार क्लव पराजित गर्दै हिमालयन शेर्पा छैटौं स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको २१ औं चरणको अन्तिम खेलमा थ्रिस्टार क्लव हिमालयन शेर्पासँग १–० गोलअन्तरले पराजित भएको हो ।

खेलको अन्तिम समयमा शेर्पाले गोल गर्दै थ्रिस्टारलाई पराजित गर्दै तीन अंक जोडेको छ ।

जितसँगै हिमायन शेर्पा २१ खेलबाट २९ अंकका साथ छैटौं स्थानमा उक्लेको छ ।

पराजित भएको थ्रिस्टारको समान खेलबाट २६ अंकका साथ आठौं स्थानमा झरेको छ । थ्रिस्टार १० खेलदेखि जितविहिन रहेको छ ।

त्यस्तै, विभागिय क्लव नेपाल पुलिस क्लवले लिगको पुछारमा रहेको खुमलटारलाई पराजित गर्दै छैटौं स्थानमा उक्लिएको छ ।

शुक्रबार काठमाडौंमा जारी खुमलटारलाई २–० गोलअन्तरले पराजित गर्दै छैटौं स्थानमा उक्लिएको हो ।

जितसँगै पुलिसले २१ खेलबाट २८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको हो ।

पुछारमा रहेको खुमलटारको २१ खेलबाट २१ अंक रहेको छ । लिगको शीर्ष स्थानमा चर्च ब्वाइज रहेको छ । उसको २१ खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको ३५ अंक रहेको छ ।

प्रतिक्रिया