बिहीबार, वैशाख १३, २०८१

चारधाममा मृत्यु हुने भक्तजनको संख्या बढ्यो

नेपालखोज २०८० जेठ १३ गते ९:२६

काठमाडौं । केटाकेटी हुन वा वृद्धवृद्धा सबैजना चारधामको यात्रामा पुग्छन् । यद्यपि यसपटक यात्रामा यस्ता केही तथ्याङ्क बाहिर आएका छन् जुन चिन्ताको विषय हो । पछिल्ला ३४ दिनको कुरा गर्ने हो भने यी दिनमा करिब ७५ यात्रुको मृत्यु भएको छ ।

भारतको उत्तराखण्डमा विश्व प्रसिद्ध चारधाम यात्रा सुरु भएको करिब एक महिना पुरा भैसकेको छ । यात्रुको कडा परिक्षा लिन यसपटक मौसम पनि पछि परेको छैन ।

हरेक पल बदलिँदो मौसमका कारण यात्रुहरुले पनि धेरै समस्या झेल्नु परेको छ तै पनि उनीहरुको जोशमा कमी आएको छैन । यसपटक पहाडमा हिउँ परेको छ भने केदारनाथ र बद्रीनाथ धाममा कहिले हिमनदी खसेको छ भने कहिले ढुङ्गा खसेर यात्रामा बाधा पुर्याइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले लगातार मौसमी अलर्ट जारी गर्दै आएको छ ।

३५ लाखभन्दा बढी भक्तजन दर्ता

यसपाली चारधाम यात्राका लागि देश विदेशबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ । भक्तजनको संख्याको कुरा गर्दा केदारनाथमा यतिबेला सबैभन्दा बढी भक्तजनले बाबा केदारको दर्शन गरेका छन् । यता बद्रीनाथमा पनि दर्शनका लागि ठूलो संख्यामा श्रद्धालुहरु पुगेका छन् ।

अप्रिल २२ मा सुरु भएको यात्रमा हालसम्म ३५ लाखभन्दा बढी भक्तजन दर्ता भैसकेका छन् भने १५ लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन् ।

३४ दिनमा करिब ७५ यात्रुको मृत्यु

पछिल्ला ३४ दिनमा करिब ७५ यात्रुको मृत्यु भैसकेको छ । सरकार र प्रशासनले यात्रुका लागि धेरै काम गर्ने कुरा गरिरहेको छ भने स्वस्थ्य यात्रुलाई मात्र यात्रा गर्न दिने प्रयास भैरहेको छ, विशेषगरी वृद्ध यात्रुको मेडिकल सर्टिफिकेट जाँच गर्न भनिएको छ । विभिन्न ठाउँमा डाक्टर पनि तैनाथ गरिएको छ ।

यति मात्र होइन, स्वास्थ्य विभागले परीक्षणका लागि हेल्थ एटीएमसमेत जडान गरेको छ । यसबाट केही मिनेटमै ७० भन्दा बढी भक्तजनको परीक्षण गर्न सकिए पनि मृत्यु हुनेहरुको संख्या घटन सकेको छैन ।

प्रतिक्रिया