प्रधानमन्त्री जेठ १७ मा भारत जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पटक पटक भारत भ्रमणमा गएका छन् ।
यद्यपि अहिले धेरै उतारचढावपछि अब नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जादैछन् । उनको यो भ्रमण मे ३१ मा सुरु हुनेछ यो भ्रमण ४ दिने हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाने कुरा भारतको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
गत डिसेम्बरमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमण मे ३१ देखि जुन ३ सम्म हुने र आज शनिवार यसको औपचारिक घोषणा गरिने स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्री एनपी साउद निकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भ्रमणको औपचारिक घोषणा शनिवार परराष्ट्र मन्त्रालयले गर्नेछ । विभिन्न कारणले ‘प्रचण्ड’को भारत भ्रमण तीन पटक स्थगित भैसकेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुका साथै उच्चस्तरीय वार्ता गर्नेछन् । भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
यसबिच भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले यसै साता नयाँ दिल्लीमा विदेश मन्त्री एस जयशंकरसँग भेट गरी प्रचण्डको आगामी भ्रमणका विषयमा छलफल गरेका थिए।
‘प्रचण्ड’ले ‘यस पटक नयाँ इतिहास रच्ने विश्वास लिएर भारत भ्रमण गरिरहेको छु’ भनेका छन्, ‘यसपल्ट मलाई विश्वास छ, नयाँ उपलब्धि हुनेछ । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु ।
नेपाल र भारत दुवैका लागि यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन र आर्थिक सहयोगका नयाँ क्षेत्रहरू खोज्ने अवसर प्रदान गर्नेछ ।
विभिन्न कारणले ‘प्रचण्ड’को भारत भ्रमण तीन पटक स्थगित भइसके पनि केही महिनायता नेपाली प्रधानमन्त्री ‘प्रचण्ड’ भारत जाने खबर लगातार आइरहेको छ ।
गत डिसेम्बरमा नेकपा–माओवादी केन्द्रका नेता दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।
प्रतिक्रिया